Khabar Samachar

Search
Close this search box.

हेटौंडाका आठ वडाअध्यक्षसहित ३६ जना जनप्रतिनिधिले दिए राजीनामा

205
VIEWS

आगामी निर्वाचनमा पुनः उम्मेदवार हुने भएपछि हेटौंडा उपमहानगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले धमाधम राजीनामा दिन थालेका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवार बन्नका लागि हेटौंडा उपमहानगरपालिकाका निर्वाचित वडा अध्यक्षहरू र वडा सदस्यहरुले राजीनामा दिएका हुन् । पुनः उम्मेदवार बन्नका लागि निर्वाचन आयोगले जनप्रतिनिधिहरुले अनिवार्य रुपमा राजीनामा दिनुपर्ने कार्यविधि बनाएसँगै हेटौंडा उपमहानगरपालिकाका निर्वाचित वडाअध्यक्ष र सदस्यहरुले राजीनामा दिएका हुन् ।

स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका हेटौंडा उपमहानगरपालिकाका ३६ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् । हेटौंडा उपमहानगरपालिका ८ जना वडा अध्यक्षसहित ३६ जना निर्वाचित जनप्रतिनिधिले शुक्रबार उपमहानगरपालिकामा राजीनामा पत्र बुझाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित