Khabar Samachar

एकीकृत समाजवादीले काठमाडौं महानगरपालिकाको उपप्रमुखमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाउने

211
VIEWS

पाँच दलीय सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले आफ्नो भागमा परेका सबै महानगर र उपमहानगरका प्रमुख तथा उपप्रमुख पदको उम्मेदवार टुंगो लगाएको छ।

जसअनुसार पोखरा महानगरपालिकाको प्रमुख पदको उम्मेदवार धनराज आचार्यलाई बनाउने भएको छ।आकांक्षी ६ जनाको नाम सिफारिस भए पनि शनिबार पार्टीले आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

एकीकृत समाजवादीको भागमा परेको काठमाडौं महानगरपालिकाको उपप्रमुखमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाउने सहमति भएको छ।

एकीकृत समाजवादीको भागमा परेको हेटौँडा उपमहानगरपालिका प्रमुखमा मीना लामालाई उम्मेदवार बनाउने सहमति भएको एक पदाधिकारीले नेपालखबरलाइ जानकारी दिए।

यसैगरी बुटवल उपमहानगरपालिका उपप्रमुखमा चीनबहादुर गुरुङ, तुलसीपुर उपमहानगर उपप्रमुख जोगबहादुर राना र इटहरी उपमहानगरपालिका उपप्रमुखमा केशव विष्टलाई उम्मेदवार बनाउने निर्णय भएको हो।

‘हाम्रो पार्टीको भागमा परेका एक महानगरपालिका र एक उपमहानगरका प्रमुख उम्मेदवार टुंगो लगाएका छौं’, उनले भने, ‘चार उपमहानगरका प्रमुख-उपप्रमुखको उम्मेदवार पनि तोकिसकेका छौं, भोलि उम्मेदवारी मनोनयन गर्छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित