Khabar Samachar

Search
Close this search box.

एसईई परीक्षामा चिट चोराउने विद्यालयका प्राचार्यसहित ५ जना पक्राउ

202
VIEWS

एसईई परीक्षामा बाँकेमा सूचना प्रविधिको प्रयोग गरी चिट चोराउने एक विद्यालयका प्राचार्यसहित ५ जना पक्राउ परेका छन् । परीक्षामा ह्वाटएसबाट प्रश्नपत्र बाहिर लैजाने र उत्तर विद्यार्थीलाई पुराउने काम गरिरहेका ५ जना प्रशासनको फन्दामा परेका हुन् ।सुराक दिने व्यक्तिले बाँकेको ज्ञानोदय निकेतन माध्यमिक विद्यालय (जिभिएन) बिपी चोक नेपालगञ्ज परीक्षा केन्द्रमा सहभागी लोटस इङ्लिस मिडियम हाई स्कुलका शिक्षकले नै संस्थागत रूपमै ग्रुप बनाएर आफ्ना विद्यार्थीलाई चिट चोराउँदै आएको सूचना दिन्छन्।

उनका अनुसार पक्राउ पर्नेमा सोही विद्यालयका पार्टटाइम शिक्षक अफ्ताव खान र एवन कन्सल्टेन्सीका संचालक इर्फान अलि मिकरानी सहित दिलिप बिक र सन्तोष नेपाली रहेका छ्न् ।

पक्राउ परेकाहरुले कन्सल्टेन्सीबाट मोबाइल प्रयोग गरी प्रश्नपत्र आउट गराउने र उत्तर तयार गरी व्हाट्स एपमार्फत विद्यार्थीलाई पठाउने गर्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रजिअ पोखरेलले बताए । प्रशासनको टिमले कन्सल्टेन्सीबाट मोबाइल ५ थान, ल्यापटप १ थान, गाइड, सोलुसन, केही मोबाइल नम्वर उल्लेख भएको कागज बरामद गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित