नेकपा (एमाले) ले राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ।
एमालेले कपिलवस्तुकी विमला घिमिरेलाई राष्ट्रिय सभा उपाध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको हो।
‘पार्टी अध्यक्षज्यूले विमला घिमिरे नै उम्मेदवार हो भन्नु भएको छ,’ राष्ट्रिय सभा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले सेतोपाटीसँग भने, ‘उहाँ नै हो हाम्रो उम्मेदवार।’
यही चैत २८ गते राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन हुँदैछ।
सत्तारुढ चार दल एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाबीच भएको ८ बुँदे सहमतिमा राष्ट्रिय सभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले लिने उल्लेख थियो । तर एकीकृत समाजवादी पनि गठबन्धनमा सहभागी भएपछि उसले उपाध्यक्षमा दाबी गर्यो र पाँच दलले गरेको सहमतिमा उपाध्यक्ष एमालेले लिने सहमति हटाइएको थियो ।
Discussion about this post