Khabar Samachar

नेपालगञ्जमा तोडियो गठबन्धन,माओवादी केन्द्रले प्रमुख-उपप्रमुखसहित २३ वडामा उम्मेदवारी दिने

212
VIEWS

काठमाडौं–नेकपा माओवादी केन्द्रको नेपालगन्ज उपमहानगरपालिका कमिटीले गठबन्धन तोडेको छ। कमिटी अध्यक्ष रतन शाहीले शनिबार विज्ञप्ति जारी गर्दै नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनको औचित्य समाप्त भएको भन्दै आसन्न स्थानीय तहको निर्वाचनमा प्रमुख, उपप्रमुखसहित २३ वटै वडामा एकल प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन्।

तर, स्थानीय तह निर्वाचनका लागि माओवादी केन्द्रलगायत ५ दलीय गठबन्धन निर्माण राष्ट्रिय राजनीतिको आवश्यकता भएको भन्दै यसलाई राजनीतिक रुपमा भने स्वाकार्ने अध्यक्ष शाहीले जनाएका छन्।

 

केन्द्रीय गठबन्धनको मूल मर्मविपरीत नेपालगन्ज उपमहानगरपालिकाभित्र रहेका गठबन्धनसम्बद्ध दलहरु नेपाली कांग्रेस, जनता समाजवादी पार्टीले प्रमुख र उपप्रमुख प्राप्त गरेकाे उल्लेख गर्दै ती दलहरुले गठबन्धनको मूलभावनाविपरीत वडाहरुमा एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा जाने भनिसकेपछि नेपालगन्जमा गठबन्धनको औचित्य समाप्त भएको शाहीले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित