Khabar Samachar

वैशाख २ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान सुरु हुँदै

205
VIEWS

नयाँ शैक्षिक सत्र २०८१ का लागि आगामी वैशाख २ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान सुरु हुँदैछ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने आदर्श वाक्यका साथ देशभर नै अभियान सुरु हुन लागेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी भर्ना अभियानमा सहयोग गर्न आग्रह गरेको छ ।

विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराइ शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयनको सुनिश्चितता गर्न सरोकारवाला निकायलाई केन्द्रले आग्रह गरेको हो । केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरण कार्य योजना तयार गरी कार्यान्वयनका लागि स्थानीय तह र अन्य सम्बन्धित पक्षलाई आग्रह गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित