Khabar Samachar

एमालेले काठमाडौँ महानगरपालिकामा केशव स्थापित,उपमेयर सुनिता डंगोल लाई उठाउने

219
VIEWS

नेकपा एमालेले काठमाडौँ महानगरपालिकाको मेयर पदमा केशव स्थापितलाई उठाउने निर्णय गरेको छ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले स्थापितलाई मेयर पदमा उठाउने निर्णय गरेको हो ।

२०५४ सालमा मेयर जितेका स्थापितलाई एमालेले यसपालि फेरि अघि सारेको हो।

पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा शनिबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो। स्थापित अहिले बागमती प्रदेश सांसद छन्। उनी बागमती प्रदेशका पूर्व भौतिक मन्त्रीसमेत हुन्।

एमालेले उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उनी पूर्व मिस नेवा हुन्। यसअघि डंगोलले स्वतन्त्र रूपमा मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी थिइन्।

शनिबार बसेको सचिवालय बैठकले ५ महानगर र १० उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो । जसअनुसार काठमाडौंको मेयरमा स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य, पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ ।

भरतपुरको मेयरमा विजय सुवेदी र वीरगञ्जको मेयरमा विजय सारबगीलाई उम्मेदवार बनाइएको छ । दुबै महानगरको उमपेयरको उम्मेदवार तोकिएको छैन ।

यस्तै बिराटनगर महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार पनि टुंगो लाग्न बाँकी छ ।

एमालेले ९ वटा उपमहानरको पनि उम्मेदवार टुंग्याएको छ । जनकपुर र जितपुर सिमराको प्रमुख र उपप्रमुखकै उम्मेदवार तोकिएको छैन भने कलैयाको उपप्रमुखको उम्मेदवार तोक्न बााकी छ । बाँकी उपमहानरमा प्रमुख र उपप्रमुख दुबै उम्मेदवार टुंगो लगाएको छ ।

धनगढी : प्रमुख रणबहादुर चन्द, उपप्रमुख कन्दकला राना थारु
नेपालगञ्ज : प्रमुख पशुपतिदयाल मिश्र, उपप्रमुख शान्तिदेवी ढकाल
तुलसीपुर : प्रमुख टिकाराम खड्का, उपप्रमुख स्यानी चौधरी
घोराही : प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमा कुमारी डिसी
बुटवल : प्रमुख बाबुराम खड्का, उपप्रमुख साबित्रादेवी अर्याल
हेटौंडा : अनन्त पौडेल, उपप्रमुख सुमित्रा काफ्ले
धरान : प्रमुख मञ्जु भण्डारी, उपमेयर पदम लिम्ब
इटहरी : प्रमुख यमकुमार सुब्बा, उपमेयर संगिता चौधरी
कलैया : विनोद साह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित