Khabar Samachar

Search
Close this search box.

पृथकतावादी नेता निज्जरको हत्या आरोपमा तीन भारतीय नागरिक पक्राउ

210
VIEWS

क्यानडियन प्रहरीले पृथकतावादी शिख नेता हरदीप सिंह निज्जरको हत्यामा संलग्न रहेको आरोपमा तीन जना भारतीयलाई पक्राउ गरेको छ।

शुक्रबार अलबेर्टाको एडमोन्टो सहरबाट तीन भारतीयलाई पक्राउ गरेको क्यानडियन प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन्।

पक्राउ पर्नेमा २८ वर्षका करणप्रित सिंह, २२ वर्षका कमलप्रित सिंह र २२ वर्षका करण ब्रार छन्। उनीहरूको संलग्नता र पृष्ठभूमीबारे अनुसन्धान भइरहेको रोयल क्यानाडियन माउन्डेट पुलिसका सहायक कमिश्नर डेभिड टेबोलले बताएका छन्।

निज्जर हत्यामा अन्यको पनि संलग्नता हुन सक्ने र ती व्यक्तिहरू पनि चाँडै पक्राउ पर्ने उनले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित