Khabar Samachar

नेकपा एमालेका सांसद सुहाङले लिए प्रतिनिधिसभा सदस्यको शपथ

201
VIEWS

नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेम्वाङले आज सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा शपथ ग्रहण गरेका हुन् ।

आज एक समारोहबीच सभामुख देवराज घिमिरेले उनलाई पद तथा गोपनीयताको शपथ गराए । सँगै उनलाई प्रतिनिधिसभा सदस्यको लोगो लगाइदिएका छन् ।

यही वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा नेम्वाङ विजयी भएका थिए । नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० भोटले पछि पार्दै सुहाङले प्रतिनिधिसभा सदस्यको यात्रा तय गरेका हुन् ।

सुहाङले २७ हजार ७७२ भोट पाउँदा कांग्रेसका खड्काले २१ हजार ९४२ भोट ल्याएका थिए ।
सुहाङ संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्षसमेत रहेका दिवंगत नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित