Khabar Samachar

एकल प्रदर्शन गरिरहेका चापागाईंलाई भेट्न पुगिन् शिक्षामन्त्री सुमना

203
VIEWS

‘गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’ भन्ने नाराका साथ एकल प्रदर्शन गर्दै आएका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंलाई शिक्षामन्त्री सुमना श्रेष्ठले भेटेकी छन् ।

प्रदर्शनस्थल माइतीघर चापागाईंलाई भेटेर पुगेर शिक्षामन्त्री सुमनाले माग जायज भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएकी थिइन् । ‘यो विषय हामीले पनि उठाएको विषय हो । यो निकै महत्वपूर्ण छ र शिक्षा मन्त्रालयको ध्यानाकर्षण पनि भएको छ भन्नुभयो,’ प्रदर्शनस्थलमा रहेकी नेपाल समाजवादी पार्टीकी नेता मानुषी यमी भट्टराईले भनिन् ।

आईतवार माईतीघर मण्डलामा विगत पाँच दिनदेखि उभिएर विरोध जनाउँदै आएका नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य नेत्र चापागाईंंको मागलाई ऐक्यबद्धता जनाउँदै उनले यस्तो बताएकी हुन् ।

चापागाईंले प्रारम्भिक बाल विकास (ईसीडी) तहलाई तीन तहको बनाउनुपर्ने, तालिमप्राप्त दक्ष शिक्षक राख्नुपर्ने, दिवा खाजाको रकम बढाउनुपर्ने लगायतका पाँच बुँदे माग प्रदर्शन गरिरहेका छन् । उनले प्रदर्शन गरेको आज पाँचौं दिनमा शिक्षामन्त्री सुमना भेट्न गएकी थिइन् । उनले नेपाल समाजवादी पार्टीले उठाएका कतिपय मागलाई सम्बोधन हुने गरी नीति तथा कार्यक्रममा समेटेको समेत बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित