Skip to main content

Khabar Samachar

Search
Close this search box.

इरानी राष्ट्रपति रायसी सवार हेलिकप्टर दुर्घटना

216
VIEWS

इरानका राष्ट्रपति इब्राहिम रैसी सवार हेलिकप्टर दुर्घटनामा परेको छ । बीबीसीका अनुसार अजरबैजानस्थित एक कार्यक्रमबाट फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो ।

इरानी सञ्चारमाध्यम आइआरएनएमा उल्लेख भएअनुसार राष्ट्रपति इब्राहिम र विदेशमन्त्री होसेन अमिर सवार हेलिकप्टरको ‘हार्ड ल्यान्डिङ’ भएको हो।राष्ट्रपति रैसी सवार हेलिकप्टरमा विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान, इरानका सर्वोच्च नेताका प्रतिनिधि अयोतल्लाह मोहम्मद अली अल हसम, इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र अन्य धेरै व्यक्ति पनि सवार थिए ।

पाँच घन्टापछि पनि हेलिकप्टर दुर्घटना भएको स्थान पत्ता लागेको छैन। घटनाको विवरण अहिलेसम्म अज्ञात छ। तर प्रारम्भिक रिपोर्टअनुसार सो हेलिकप्टर हुस्सु लागेका कारण दुर्घटना भएको देखिएको छ।

बीस वटा उद्धार टोली र ड्रोनहरूको माध्यमबाट राष्ट्रपति सवार हेलिकप्टर खोजी भइरहेको छ। तर हेलिकप्टर अवतरण भएको भनिएको क्षेत्रमा हुस्सुका कारण खोजी प्रयास जटिल भइरहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित