Khabar Samachar

गृहमन्त्रीले त धमाधम फाइल खोल्ने हो नि ,फाइल खोलेर देखाउनु, धम्काउने होइन – गगनकुमार थापा

201
VIEWS

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पत्रकार सम्मेलन गरेका छन्।आज संसद वैठक स्थगन भएलगत्तै पत्रकार सम्मेलन गर्दै थापाले लामिछानेको अभिव्यक्तिको आलोचना गरे ।

पत्रकार सम्मेलनमा उनले सोमबार बिहान ११ बजेसम्म संसदीय छानबिन समिति गठन नभए संसदका कुनै काम कारबाही अघि नबढ्ने बताएका हुन्।

त्यस्तै संसदमा गृहमन्त्री लामिछानेले विभिन्न मुद्दाका विषयमा पनि प्रश्न गरेका थिए।

दोहोरो नागरिकता बोक्ने, देशको सूचना बेच्ने, बाख्रा पालनमा हिनामिना गर्ने, रातो पासपोर्ट लगायतका विषयमा संसदीय छानबिन समिति गठन गर्ने त भनेर प्रश्न गरेका हुन्।

सर्वदलीय वा रास्वपाका मानिसहरू मात्रै राखेर भए पनि छानबिन समिति बनाउन उनले गृहमन्त्रीलाई आग्रह गरेका छन्।

महामन्त्री थापाले गृहमन्त्री लामिछानेलाई लक्षित गर्दै भने, ‘तपाईं गृहमन्त्री हो कि टेलिभिजनको प्रस्तोता हो?’ थापाले गृहमन्त्रीले भनेका सबै विषयमा छानबिन समिति गठन गर्न माग गरेका छन्।

टिभी प्रस्तोता हुँदा त प्रश्नहरु सोध्नु, विषयहरु उठाउनु स्वभाविक हो । तर गृहमन्त्री त ठूलो जिम्मेवारी हो नि । त्यसमाथि पनि उपप्रधानमन्त्री । आज मैले उहाँले बोल्दै गर्दा यसो सुनिरहेको थिएँ, म तेरो फाइल खोल्दिउँ ? अनुसन्धान गर्दिउँ ? मेरो गर्छु भन्छस भने तेरो पनि गर्दिन्छु भन्दै हुनुहुन्थ्यो । अरे बाबा, गृहमन्त्रीले यस्तो भन्ला त ? गृहमन्त्रीले त धमाधम फाइल खोल्ने हो नि । फाइल खोलेर देखाउनु, धम्काउने होइन ।

उहाँहरु अर्को एउटा कुरामा एकदम अल्मलिनुभएको पाएँ । यसमा पनि समिति, त्यसमा पनि समिति बनाउने भन्ने । गृहमन्त्री नै यसमा समिति, त्यसमा समिति बनाउँ भनिरहनु भएको छ । म भन्छु, ल बनाउँ । जुन जुन विषयमा समिति बनाउँ भन्नुभएको छ । सबैमा बनाए हुन्छ । अनि के भन्नुभयो भने मेरो बारेमा बनाएको समितिमा म बस्नु पर्दैन । तपाईं बस्नै पर्दैन । तपाईंको काम एमालेले गर्छ । एमालेले सहकारी र तपाईंहरुले गिरीबन्धु नउठाउने समझदारी भएकै छ ।

भ्रष्टाचारको फाइल खोल्ने, छानबिन गर्ने, अनुसन्धान गर्ने निकायको नेतृत्वमा रहेर गृहमन्त्री लामिछानेले संसद्‌बाट कसैलाई पनि धम्क्याउन आवश्यक नभएको थापाको भनाइ छ । ‘तपाई गृहमन्त्री हुनुहुन्छ । म फाइल खोल्दियौँ, खोल्दियौँ भन्दै धम्क्याउने होइन । छानबिन गर्दियौँ भनेर धम्क्याउन पनि जरुरी छैन । तपाई हामीलाई धम्क्याउने होइन, फाइल खोल्नतिर लाग्नुस् । छानबिन गर्नुस्, किनकि तपाई नै आज त्यो छानबिन गर्ने निकायको नेतृत्वमा हुनुहुन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित