भरतपुरको मेयरमा कांग्रेस नेता एव पूर्वसांसद जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिने

206
VIEWS

नेपाली कांग्रेस चितवनका नेता एवं पूर्वसांसद जगन्नाथ पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।

गठबन्धन र तालमेलका क्रममा भरतपुर महानगरको मेयर पुनः माओवादीलाई नै दिने निर्णयमा असन्तुष्ट रहेका चितवन कांग्रेसका नेता कार्यकर्ताहरूको भेलाले पौडेललाई स्वतन्त्ररूपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसअघि बागी उठ्ने घोषणा गरेका पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटालगायतले पौडेलको उम्मेदवारीमा समर्थन जनाएका छन् । उनीहरूले सोमबार चौबीसकोठी चोकमा जम्मा भएर जुलुससहित निर्वाचन कार्यालयमा गई उम्मेदवारी दर्ता गर्ने जनाएको छ ।

पौडेल २०५४ सालमा नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य बनेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित