Khabar Samachar

गोकर्णेश्वर नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल

214
VIEWS

काठमाडौं। सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा तालमेलको सहमति गरेका छन् ।

नेपाली कांग्रेसलाई अलग गरेर गरिएको सहमतिमा नगरपालिका प्रमुख एकीकृत समाजवादी र उपप्रमुख माओवादीले लिने भएका छन् ।

प्रमुखमा गोपाल बराल र उपप्रमुखमा पेमा छिरिङ शेर्पा उम्मेदवार बन्ने छन् । त्यस्तै वडाको पनि बाँडफाँट भएको छ ।

माओवादी केन्द्रले १, २, ३, ५, ७ र ९ नम्बर वडाको वडाध्यक्षमा उम्मेदवारी दिने छ । एकीकृत समाजवादीले वडा नम्बर ४, ६, ८ नम्बर वडामा उम्मेदवार दिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित