Khabar Samachar

नियन्त्रित र व्यवस्थित रुपमा टिकटक खुलाउन माग

201
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले व्यवस्थित र नियन्त्रितरुपमा सामाजिक सञ्जाल टिकटक खोल्न सरकारलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै शाहले फेसबुक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल विना रोकतोक चलिराखेको तर टिकटकबाट मात्रै अपराध र विकृति फैलिने भन्ने कुरा स्वीकार्य हुन नसक्ने बताए । टिकटक बन्द हुँदा टेलिकम कम्पनीलाई ठूलो आर्थिक क्षति पुगेको, घरेलु र स्वतन्त्र व्यवसायी बेरोजगार भएको तथ्य पेश गर्दै उनले सरकारले बन्द गरेपनि भीपीएनबाट ठूलो संख्यामा टिकटक चलिराखेको उनले बताए ।उनले भने– ‘सरकारले कार्तिक २७ गतेबाट टिकटकमा प्रतिबन्ध लगाएको थियो । भीपीएन प्रयोग गरेर प्रयोगकर्ताले चलाइरहेका छन् । हिजोका दिनमा ९० लाखले टिकटक चलाइरहेका थिए भने अहिले पनि ५० लाखले चलाइरहेको अनौपचारिक तथ्याङ्क छ । टिकटकको विकल्पमा फेसबुक रिल, युट्युब सर्ट्स मज्जाले चलेकै छ । यस्तोमा सरकारले विकृति फैलाएको भन्दै सरकारले टिकटकमा लगाएको प्रतिबन्धको औचित्य के भयो त ? सरकारले टिकटक बन्द गरेपछि अपराध घटेको भन्ने तथ्याङ्क त छैन होला । तर टिकटक बन्द भएपछि ब्यान्डविथ घटेर डाटा बिक्रीबाट हुने आम्दानी घटेर एनसेलको १ अर्ब ४४ करोड र एनटिसीको डेढ अर्ब रुपैयाँ घाटा भएको तथ्याङ्कले देखाएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित