Khabar Samachar

ललितपुर महानगरमा पुरानै उम्मेदवार बिच प्रतिस्पर्धा

217
VIEWS

ललितपुर । सत्ता गठबन्धनका तर्फबाट ललितपुर महागनरपालिकाको मेयर पदमा चिरिबाबु महर्जनले उम्मेदवारी दर्ता गरेका छन् । नेपाली कांग्रेसले टिकट दिएपछि नितर्वमान मेयर महर्जनले फेरि उम्मेदवारी दिएका हुन् ।

उनले ०७४ को चुनावमा नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई सामान्य मतान्तरले पराजित गरेका थिए । एमालेले पनि फेरि व्यञ्जनकारलाई उम्मेदवार बनाएको छ । अर्थात् यसपटक पनि ललितपुर महानगरमा पुरानै प्रतिस्पर्धा दोहोरिएको छ ।०७४ सालको चुनावमा २४ हजार ६४२ मत ल्याएर महर्जन मेयर निर्वाचित हुँदा व्यञ्जनकार ३२६ मतान्तरले पछि परेका थिए । पुरानै प्रतिस्पर्धा दोहोरिएको ललितपुरमा सोमबार मनोनयन दर्तापछि दुवै उम्मेदवारले आफ्नो जित पक्का भएको बताएका छन् ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका महर्जनले गत चुनामा एक्लै लडेर जितेकाले यसपटक थप सजिलो रहेको प्रतिक्रिया दिएका छन् । एमाले र राप्रपाको गठबन्धनलाई पराजित गर्दै मेयर बनेपछि ललितपुरमा पाँच वर्षे अवधिमा राम्रो काम गरेको उनको तर्क छ ।

महर्जन जस्तै दावी व्यञ्जनकारले पनि गरेका छन् । निवर्तमान मेयर नै प्रतिस्पर्धामा उत्रिएकाले आफूलाई सजिलो भएको उनी बताउँछन् । मेयरका रुपमा महर्जनले जनतालाई सन्तुष्ट बनाउन नसककेको र एमालेप्रति जनविश्वास बढेको व्यञ्जनकार तर्क गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित