Khabar Samachar

काठमाडौं महानगरमा ५६ मेयर र ३१ उपमेयरको उम्मेदवारी दर्ता

202
VIEWS

काठमाडौं महानगरपालिकामा मेयर पदका लागि ५६ जनाको र उपमेयर पदका लागि ३१ जनाको उम्मेदवारी परेको छ।

५६ जना मेयरका उम्मेदवारमध्ये २१ जनाले दलका तर्फबाट र बाँकी ३५ जनाले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन पत्र दर्ता गराएका छन्। यसमध्ये ८ जना महिला छन्।

उपमेयर पदमा उम्मेदवारी दिने ३१ जनामध्ये १२ जनाले दलका तर्फबाट र ९ जनाले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन पत्र दर्ता गराएका हुन्। उपमेयरका उम्मेदवारमध्ये १२ जना महिला छन्।

स्थानीय तह सदस्य निर्वाचन २०७९ को दोस्रो दिनसम्ममा दलका प्रतिनिधि र स्वतन्त्रतर्फका उम्मेदवारहरूले मनोनयन दर्ता गरेका हुन्। स्थानीय तह निर्वाचन २०७९ का कार्यक्रमअन्तर्गत हिजो र आज (वैशाख ११ र १२ गते) गरी २ दिन मनोनयन दर्ता कार्यक्रम थियो।

मनोनयनको पहिलो दिन मेयर पदका लागि १६ जनाले र उपमेयर पदका लागि १७ जनाले उम्मेदवारी दिएका थिए।

मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार काठमाडौं महानगरका ३२ वटा वडामध्ये हरेक २ वटाका लागि एउटा मनोनयन डेस्क राखिएको थियो। यसैगरी मेयर र उपमेयरका लागि छुट्टाछुट्टै २ वटा डेस्क राखिएका थिए।

निर्वाचन आयोगका अनुसार काठमाडौं जिल्ला भएका पालिकाहरूमा जम्मा एक हजार २ सय ६२ जनाले मनोनयन पत्र दर्ता गराएका छन्।

यममा मेयर पदका लागि १ सय २५ जनाले, उपमेयर पदका लागि ५७ जनाले, वडाध्यक्ष पदका लागि ३ सय ३४ जनाले, महिला सदस्य पदका लागि १ सय ९१ जनाले, दलित महिला सदस्य पदका लागि १ सय २९ जनाले र सदस्य पदका लागि ४ सय २६ जनाले मनोनयन पत्र दर्ता गराएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित