Khabar Samachar

Search
Close this search box.

देउवा को गृह जिल्ला मा नेपाली काङ्ग्रेसले उठायो २९ बर्षिय युवा मेयर

209
VIEWS

नेपाली काङ्ग्रेसले डडेल्धुरा जिल्ला, परशुराम नगरपालिकाको मेयर पदको उम्मेदवारको रुपमा भरत बडायर जोशी लाई मनोनयन गरेको छ । उहाँ, बेइजिङको चाइनिज एकेडेमी अफ साइन्स विश्वविद्यालयबाट वायुमण्डल भौतिकशास्त्रमा स्नातकोत्तर गरेका, एक २९ बर्षिय युवा वैज्ञानिक, सामाजिक अभियन्ता, र सफल उद्यमी हुनुहुन्छ । उहाँ नेपाली कांग्रेस परशुराम नगरपालिकाका नगर सभापति हुनुहुन्छ ।
सन् २०१५ मा नेपालमा गएको भूकम्पपछि उहाँले एक वर्ष नेपाल युवा संस्था संजाल नेपाल (आयोन)मा उद्धार तथा राहतका कार्य समेत गरेका थिए । उहाँले सन् २०१६ देखि २०१८ सम्म नेपाल युवा संस्था संजाल (आयोन)को महासचिवको रुपमा सिंगो नेपालीयुवाहरुको नेतृत्व समेत गरेका थिए ।

उहाँ कोभिड–१९ को पहिलो लहरमा सुदूर पश्चिममा रहेका दिर्घरोग लागेका बिरामी वृद्धवृद्धाहरूको लागि निःशुल्क औषधि वितरण गरि सहयोग गरेका थिए । साथै सो समयमा परशुराम नगरपालिका क्षेत्रमा आइसोलेसन सेन्टरहरुको व्यवस्थापन गरेका सक्षम र उदार मन भएका परशुराम नगरपालिकाका समाजसेवी काङ्ग्रेसका युवा नेता हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित