जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरूले राजीनामा बुझाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीकुमार यादव, वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले राजीनामा बुझाएका हुन् । जसपाकी हसिना खान स्वास्थ्य राज्यमन्त्री थिइन् ।
यस्तै सरकारमा रहेका जसपाका मन्त्रीहरूले राजीनामा पनि दिएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा जसपाका दुई जना मन्त्री र एक जना राज्यमन्त्री छन् । उनीहरुले शुक्रबार प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन् ।
Discussion about this post