Khabar Samachar

पाल्पाको पूर्वखोलाका दुई महिला उम्मेदवार निर्विरोध

210
VIEWS

पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिकाको दुई वडामा महिला सदस्य पदका लागि एक/एक जनाको मात्र मनोनयन दर्ता भएको छ । वडा नम्बर २ मा महिला सदस्यका लागि नेकपा एमालेबाट भिमीसरा आले र वडा नम्बर ५ मा दलित महिला सदस्यमा पार्वती हिताङ्गको मात्रै मनोनयन दर्ता परेको छ ।

पूर्वखोला गाउँपालिकाका निर्वाचन अधिकृत मधु अर्याल खनालले दुवैको एकल उम्मेदवारी परेको बताए । निर्वाचन अधिकृतको कार्यालय पूर्वखोलाले दुवै जना उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ ।

पूर्वखोलामा गाउँपालिकाको अध्यक्षमा ४ जना र उपाध्यक्षमा २ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

नेकपा एमालेबाट नुनबहादुर थापा, गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका मिनप्रसाद गिरी, मंगोल नेशनल अर्गनाइजेशनका मोहन सिंह सारु, जनता समाजवादी नेपालका विपिनकुमार सारुले मनोनयन दर्ता गराएका छन् ।उपाध्यक्षमा नेकपा एमालेबाट भागीरथी भट्टराई र गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका विष्णुकुमारी आचार्यले उम्मेदवारी दर्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित