Khabar Samachar

भिभो वाई३३ एस ले टेक्नोलोजिकल र डिजाइन ड्रिभन इनोभेसनलाई पुनः परिभाषित गर्दै

202
VIEWS

हामी कसैलाई पनिनो–अल अर्थात सबै कुरामा जान्ने बन्न खोज्ने मान्छे मन पर्दैन । यद्यपी, यो परिदृश्य विलकुलै विपरित हुन्छ जब टेक्नोलोजीको कुरा आउँछ, विशेष गरी, स्मार्टफोन टेक्नोलोजी कसले आफ्नो विश्वसनीय पात्र,स्मार्टफोनमा सबै उत्कृष्ट विशेषताहरु समावेश भएको हेर्न चाहँदैनन् र ? यी अपेक्षाहरुलाई ध्यानमा राख्दै वाई३३ एस ग्राहकहरुका लागि निर्माण गरिएको हो। भिभोले हालै नेपालमा ५००० एमएएच ब्याट्री लाइफ, शक्तिशाली क्यामेरा प्रणाली र विशाल मेमोरी विस्तार सेटअप सहित वाई३३एस नेपाली बजारमा सार्वजनिक गरिसकेको छ। युवा र प्रविधी उत्साही प्रयोगकर्ताहरुका लागि यस स्मार्टफोनमा उल्लेखनीय विशेषताहरु रहेका छन् ।
भिभोका वाई सिरिजका स्मार्टफोनहरू सुलभ मूल्य दायरामा उपलब्ध उत्कृष्ट सुविधाहरूकालागि प्रख्यात छन् । वाई३३एस पनि फरक छैन। यसले फराकिलो दायराकाउपभोक्ताहरूको लागि उपयुक्त उत्पादन ल्याउन प्रविधि र डिजाइनको क्षमतालाई संयोजन गरेको छ।
ट्रिपल क्यामेरा भएकोभिभो वाई३३एस ले तस्वीरहरुलाई रचनात्मक अनुभवमा परिणतगर्न५०एमपी रियर क्यामेरा, २ एमपी बोकेह क्यामेरा र २एमपी सुपर म्याक्रो क्यामेरा ल्याएको छ। ५०एमपी रियर क्यामेरा सेन्सरले व्यावसायिक क्यामेराको बराबर प्रकाश–इनटेक गर्दै उच्च फोटोग्राफीलाई पुनः परिभाषित गर्दछजसको परिणाम स्वरूपसामान्य प्रकाश र कम–प्रकाश परिदृश्यहरूमा पनि उत्कृष्ट विवरणका तस्वीरहरू खिच्न सकिन्छ । यसबाहेक, जुम इन वा क्रप आउट गर्दा पनि पूर्ण स्पष्टता कायम राख्दै तस्वीरको गुणस्तर कम हुदैन । यसबाहेक, रातमा सुपर नाइट सेल्फी नोइजरिडक्शन टेक्नोलोजी र औरा स्क्रिन लाइटले प्राकृतिक र स्पष्ट तस्बिरहरूका लागि आवश्यक प्रकाश प्रदान गर्दछ।
स्मार्टफोनमा लगानी गर्दा ग्राहकहरूले स्मार्टफोनको स्टोेरेज क्षमता(चाहे अस्थायी होस् वा स्थायी)विचार गर्नुपर्ने महत्वपूर्ण मापदण्ड बनेको छ। उपभोक्ताको मनोभावलाई जीवित राख्दै, भिभोले उपकरणलाई प्रभावकारी रूपमा काम गर्ने ८ जीबी मेमोरीसहितको उत्कृष्ट विस्तारित र्याम २.० ल्याएको छ। धेरै एपहरू बिना कुनै ढिलाइ एकैसाथ चलाउन यसको ४जीवी निष्क्रिय रोमलाई र्याममा विस्तार गर्न सकिन्छ । विस्तारित र्याम २.० को एउटा प्रमुख फाइदा भनेको यसले प्रयोगकर्ताहरूलाई बिना कुनै झनझटएकबाट अर्को एपमा स्विच गर्न सहज बनाउँछ। स्मार्टफोनमा १२८ जीबी रोम पनि छ, त्यसैले प्रयोगकर्ताहरूले नयाँ फोटो, भिडियोहरु राख्नका लागि पुराना तस्बिरहरू, भिडियोहरू वा एपहरू हटाइ राख्नु पर्दैन। हेलियो जी८० प्रोसेसरको साथ, वाई३३एस ले राम्रो गेमिङ अनुभव प्रदान गर्दछ।
स्मार्टफोनमा ५०००एमएएचब्याट्री र १८ वाट्ट फास्ट चार्ज छ जसले उपकरणलाई छिट्टै चार्ज गरेर प्रयोगकर्ताहरूको धेरै समय बचत गर्दछ । १८२ ग्राम हलुका तौल भएको यो उपकरणले प्रिमियम अनुभूति प्रदान गर्दछ । भिभोको बजेट–अनुकूल वाई सिरिजका स्मार्टफोनहरूमा डिजाइन–ड्रिभनविशेषता साँच्चै आश्चर्यजनक छन्। ट्रिपल क्यामेरा मोड्युलको साथमा ब्रान्डले स्मार्टफोनको भिजुअल अपीललाई बढाउँदै यसको सिग्नेचर डुअल टोन स्टेपमा कम्पोनेन्टहरूलाई स्मार्ट रूपमा व्यवस्थित गरेको छ । साधारण डिजाइनको सौन्दर्यता र विविध रङले वाई३३एस लाई युवाहरूका लागि आकर्षक स्मार्टफोन विकल्प बनाएको छ ।
भिभो वाई३३एस मिरर ब्ल्याक र मिडडे ड्रीम –दुई अद्वितीय रंगहरूमा उपलब्ध छ। मिरर ब्ल्याकस्मार्टफोनमा चम्किलो कालो रंगका लागि डबल लेयर कोटिंग प्रविधि प्रयोग गरिएको छ भने मिडडे ड्रीममा औंलाका छाप नबस्नका लागि लिक्विड क्रिस्टल कोटिंगको साथ एजी बनावटलाई हाइलाइट गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित