Khabar Samachar

टिकट वितरणमा आर्थिक चलखेल भयो : शेखर कोइराला

209
VIEWS

नेपाली काँग्रेसका नेता शेखर कोइरालाले स्थानीय तह निर्वाचनमा भएको टिकट वितरणमा कार्यकर्ताहरूप्रति समानरुपले न्याय  नभएको बताएका छन् । बुधबार विहान एक विज्ञप्ति जारी गर्दै उनले टिकट वितरणमा एउटा मापदण्ड बनाउँदा पार्टी कार्यकर्ताहरूमाथि अन्याय भएको बताए ।

टिकट वितरणलाई लिएर अहिले कार्यकर्ताको असन्तुष्टि देशभरबाट आइरहेको उनको भनाइ छ । ‘जीवनभर काँग्रेसको सिद्धान्त, मूल्य पद्धति र आदर्शप्रति समर्पित वरिष्ठ साथीहरु यतिखेर पार्टी छाडि अन्य पार्टीमा ओत लाग्न पुगेका छन् । कैयौँ साथीहरु स्वतन्त्र उमेदवारको रुपमा चुनावी मैदानमा जान बाध्य हुनुहुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

कोइराला टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भएको सार्वजनिक भइरहेका भन्दै इमान्दार र निष्ठावान कार्यकर्ताहरूले पीडा भोग्नुपरेको बताए । आफुसँग असहमत भएकै कारण कैयन कार्यकर्ताको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएको उनको आरोप छ ।

कैयन साथीहरुलाई राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर तिनको राजनीतिक हत्या गर्ने षडयन्त्र पनि भएका छन् । पार्टीभित्र रहेका यस्ता गलत कार्यहरु तत्काल अन्त्य हुनुपर्छ, कोइरालाको विज्ञप्तिमा भनिएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित