Khabar Samachar

सशस्त्र प्रहरीको एआइजीमा राजु अर्याल

208
VIEWS

सरकारले सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) राजु अर्याललाई सशस्त्र अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

गृह मन्त्रालयले सशस्त्र प्रहरी सेवामा रिक्त रहेको एआइजीको पदमा राजु अर्यालको नाम सिफारिस गरेको थियो।

गत चैत ३० गते पुष्पराम केसी महानिरीक्षक (आइजिपी) बाट भएका थिए। तीस वर्षे अवधिका कारण उनले २१ दिनमै अनिवार्य अवकाश पाउने भएका हुन्। केसी २०७९ वैशाख १८ सम्म नेतृत्वमा रहने छन्।

अर्याल अतिरिक्त महानिरीक्षक भएसँगै उनी महानिरीक्षक हुने पक्का भएको छ। सशस्त्र प्रहरी नियमावलीअनुसार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकलाई महानिरीक्षकमा बढुवा गर्नसक्ने प्रावधान छ।

अर्याल २०५४ नेपाल प्रहरीका प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन्। सशस्त्र मुख्यालयकै मानव स्रोत विभागमा कार्यरत् अर्यालसँग प्रदेश-२ बाहिनी र उपत्यका बाहिनीको कमाण्ड सम्हालेको अनुभव छ।

त्यस्तै विभिन्न देशको शान्ति मिसनमा समेत उनले नेतृत्व गरेका छन्। सशस्त्र प्रहरी बल‍ प्रवक्ताको रूपमा काम गरिसकेका अर्याल सबैतिर राम्रो सम्पर्क भएका कमाण्डरका रूपमा चिनिन्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित