Khabar Samachar

गृहमन्त्री बालकृष्ण खाण चितवन

208
VIEWS

नेपाली कांग्रेसका असन्तुष्ट पक्षसँग ‘डिल’ गर्न गृहमन्त्री बालकृष्ण खाण आज चितवन पुगेका छन् । भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसका नेता जगन्नाथ पौडेलले बागी उमेदवारी दिएपछि उनीसँग डिल गर्न खाण चितवन पुगेका हुन् ।

भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले असन्तुष्टलाई सम्झाउन आफू चितवन आएको बताए।

‘मैले बागीलाई मिलाउन प्याकेज त ल्याएको छैन। तर मन ल्याएर आएको छ। म उहाँहरूलाई सम्झाउँछु,’ खाणले भने,‘उहाँहरूले केन्द्रको निर्णय मान्नुहुन्छ।’

‘गठबन्धन गर्दा कहिलेकाहीँ आफूले चाहेको जस्तो हुँदैन । गठबन्धनमा आबद्ध अर्को राजनीतिक शक्ति संवाद छलफल हुनुपर्छ । एक कदम पछाडि पनि हट्नुपर्छ’, उनले भने, ‘संविधान र लोकतन्त्रका लागि पनि गठबन्धनको रक्षा गर्नु हाम्रो दायित्व हो ।’ गठबन्धनका कारण पार्टीले मतदाता नगुम्ने उनले दाबी गरे ।

‘यहाँ मभन्दा धेरै अग्रज नेताहरू हुनुहुन्छ । नेविसंघ, तरुण दलको नेतृत्वमा रहँदाका मेरा सहयोगी साथीहरू हुनुहुन्छ । सबैसँग संवाद र छलफल गरेर कसरी पार्टीलाई अगाडि बढाउने । चितवनको प्रतिष्ठालाई कसरी जोगाउने र मतदातालाई कसरी अपिल गर्ने सबैसँग परामर्श गरेर अघि बढ्दौँ’, उनले भने ।

सत्ता गठबन्धनको भागबन्डामा भरतपुरको मेयर माओवादी केन्द्रले पाएको थियो। माओवादीबाट रेनु दाहाल मेयर उम्मेदवार बनेकी छन्।

कांग्रेसका नेता एवं पूर्वसांसद जगन्नाथ पौडलले पनि मेयरमा उम्मेदवारी दिएका छन्।। खाँणले जिल्ला पार्टी कार्यालय नारायणगढमा गठबन्धनका नेताहरूसँग छलफल गर्दै छन् । त्यसपछि मेयरमा बागी उम्मेदवारी दिएका पौडेललाई भेट्न पौडेलको निवास भरतपुर(७ स्थित पिपल चोक जाने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित