सत्ता गठबन्धनका तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदकाे साझा उम्मेदवार नेपाली कांग्रेसकी नेता सिर्जना सिंहले आज संकल्पपत्र सार्वजनिक गर्ने भएकी छन्। उनको संकल्प पत्रमा काठमाडौंलाई सुन्दर, सुविधायुक्त सांस्कृतिक नगर बनाउने लगायतका विषय समेटिएको स्रोतले बतायो ।
सत्ता गठबन्धन दलहरुबीच भएको भागबन्डा अनुसार काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारमा कांग्रेसले नेता प्रकाशमान सिंहकी पत्नी सिर्जनालाई अघि सारेको छ । उपमेयरको उम्मेदवार भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ छन् ।
बिहीबार (आज) बिहान ११ बजे बबरमहलस्थित कार्की ब्यांक्वेटमा पत्रकार सम्मेलन गरी उम्मेदवार सिंहले घोषणापत्र सार्वजनिक गर्ने भएकी हुन्। कार्यक्रममा कांग्रेसका प्रभावशाली नेताहरू सहभागिता रहने बताइएको छ।
Discussion about this post