Khabar Samachar

रंगशालामा प्रधानमन्त्रीविरुद्ध नारा लगाउने प्रहरीको निगरानीमा

205
VIEWS

साफ महिला फुटबलको फाइनल खेल अन्तर्गत बुधवार साँझ दशरथ रंगशालामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध असभ्य नाराबाजी गर्नेहरू राष्ट्रिय स्वतन्त्र पार्टीबाट संगठित रूपमा खटाइएका व्यक्ति रहेको सुरक्षा निकायको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

नेपाल प्रहरी मुख्यालयका एक उच्च अधिकारीका अनुसार नाराबाजी गर्नेहरू प्रायः सबैको पहिचान भएको र उनीहरू योजनाबद्ध रूपमै त्यहाँ नारा लगाउन गएका थिए । त्यस्ता व्यक्तिहरूको संख्या एक सयको हाराहारीमा रहेको समेत प्रहरीले जनाएको छ ।

नाराबाजी हुनसक्ने सूचना बिहानैदेखि पाएर प्रहरीले सादा पोशाकमा दशरथ रंगशालाको प्याराफिटका हरेक सिटसँगै सुरक्षाकर्मी परिचालन गरेको थियो । रास्वपा कार्यकर्ताले आन्तरिक मेसेज ग्रुपहरूमा फुटबलको टिकट अग्रिम बुकिङ गरेर नाराबाजीका लागि तयार रहन सर्कुलर गरेको प्रहरीले भेटेको छ ।

नाराबाजी गर्नेहरूलाई निगरानीमा राखेर उनीहरूको फोटो भिडिओ लिने तर धरपकड नगर्ने आदेश बमोजिम उनीहरूलाई स्क्रिनिङमात्र गरिएको प्रहरी अधिकारीले बताएका छन् । अभद्र व्यवहार र हुलदंगा गरे मात्र नियन्त्रणमा लिने आदेश प्रहरीलाई थियो ।

प्रहरी अधिकारीका अनुसार – विशेष गरी रास्वपाले स्वतन्त्र युवा र स्वतन्त्र खेलप्रेमी नागरिकका नाममा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने र बालेन शाह जिन्दाबाद भन्ने तयारी पहिले नै गरेको जानकारी थियो । यसमा संगठितरुपमा नभए पनि माओवादी कार्यकर्ता पनि केही संख्यामा संलग्न थिए । राजावादी र बालेन समर्थक हिजोको नाराबाजीमा त्यति पहिचान भएनन् । प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने अधिकांश पहिचान भएका छन्,उनीहरूलाई नोटिसमा मात्र राखिएको छ ।

रास्वपा समर्थकहरूले रंगशालामा प्रधानमन्त्री जाने समाचार आएदेखि नै सामाजिक सञ्जालबाट नाराबाजी र हुटिङको अभियान चलाइएको विषयलाई सुरक्षा निकायले त्यस्ता व्यक्तिको एकाउन्टसहित पहिचान गरेका थिए ।

विगतमा जस्तै बालेन शाह जिन्दाबाद, केपी ओली मुर्दावादको नारा लगाउँदा नाराबाजीको दोष बालेन समर्थकमाथि जाने योजना अनुरूप नै केही व्यक्तिले असभ्य नारा लगाएको प्रहरीले जनाएको छ ।

रास्वपा सभापति रवि लामिछानेमाथि सहकारी ठगी सम्बन्धी मुद्दामा अनुसन्धान थालिएपछि ओलीविरुद्ध सो पार्टीका नेता कार्यकर्तासामाजिक सन्जाल एब ओली उपस्थित कार्यक्रमहरुमा  आक्रामक रुपमा प्रस्तुत भइरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित