Khabar Samachar

Search
Close this search box.

‘ह्रस्व दीर्घ’ प्रिमियरमा सहभागि हुन प्रदीप रावत, ब्रम्हानन्दम काठमाडौं आउने

219
VIEWS

नेपाली फिल्म ‘ह्रस्व दीर्घ’को प्रिमियर समारोहमा सहभागि हुन भारतीय अभिनेतात्रय प्रदीप रावत, ब्रम्हानन्दम र अली काठमाडौं आउने भएका छन् । फिल्मको प्रिमियर २९ कात्तिकमा तय छ ।

३० कात्तिकदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको यो फिल्ममा यी तीनैजना भारतीय कलाकारले अभिनय गरेका छन् । निर्देशक चन्द्र पन्त र निर्मात्री नीता ढुंगानाले तीनैजना कलाकार नेपाल आउने बताए ।

‘गजनी’ फेम्ड रावत २७ कात्तिकमा काठमाडौं उत्रनेछन् । ‘अहिलेसम्म तीनैजना आउने निश्चित छ । प्रिमियर भएको खण्डमा ब्रम्हानन्दम पनि आउनुहुनेछ’ निर्देशक पन्तले भने, ‘उहाँहरु नेपाल आउन उत्साहित हुनुहुन्छ ।’

निर्माता कम्पनी नीता ढुंगाना फिल्म्सले मंगलबार ट्रेलर सार्वजनिक गर्दै कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पारिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित