Khabar Samachar

वडा तहमा पनि गठबन्धनको प्रयास भइरहेको छ : माधव नेपाल

217
VIEWS

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले वडा तहमा पनि गठबन्धनमा सहमतिको प्रयास भइरहेको जानकारी दिएका छन् । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा उनले पालिका प्रमुखमा जस्तै वडा तहमा पनि सहमतिको प्रयास भइरहेको जानकारी दिएका हुन् । 

अध्यक्ष नेपालले काँग्रेस, माओवादी केन्द्रसहित गठबन्धन आवद्ध दलका उम्मेदवारलाई पनि निर्वाचित गर्न आफ्ना नेता तथा कार्यकर्तालाई आह्वान गरे । बिहीबार गठबन्धनको कार्यदलको बैठक बस्न लागेको जानकारी दिँदै उनले सहमतिका साथ गठबन्धन अघि बढ्ने बताए ।स्थानीय तहमा गठबन्धनबीच सहमति कायम गरेर उम्मेदवारलाई निर्वाचित गराउने विषयमा छलफल गर्न कार्यदलको बैठक बस्न लागेको भन्दै उनले केही पालिकामा एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध निर्वाचित भएका जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित