Khabar Samachar

बागी उम्मेदवारी फिर्ता गराउन बालुवाटारमा सत्ता गठबन्धनको बैठक

205
VIEWS

बागी उम्मेदवारी फिर्ता गराउन बालुवाटारमा सत्ता गठबन्धनको बैठक बालुवाटार म बसेको छ । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटरमा सुरु भएको छ । साझा उम्मेदवारविरुद्ध परेका बागी उम्मेदवारबारे छलफल गर्न पाँच दलीय गठबन्धनको बैक बालुवाटारमा सुरु भएको हो ।

शुक्रबार बिहान साढे ९ बजेपछि प्रधानमन्त्रीको सरकारी निवासमा सुरु भएको बैठकमा मुख्य रुपमा बागी उम्मेदवारीका विषयमा छलफल भइरहेको हो। वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा देशका कतिपय स्थानमा गठबन्धन गरेर गएका पाँच दलले बागी उम्मेदवारी फिर्ता गराउने विषयमा छलफल गरिरहेका हुन्।

स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेल भए पनि ठाउँठाउँमा बागी उम्मेदवारी परेको छ ।

उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन हो । गठबन्धनका उम्मेदवारविरुद्ध देशभर बागी उम्मेदवारी परेका छन् । गठबन्धनको १४ बैशाखमा बसेको बैठकले बागी उम्मेदवारी फिर्ता लिन र गठबन्धन भित्रका दलले एमालेसँग गरेको तालमेल खारेज हुने चेतावनी दिएको थियो ।

११ र १२ वैशाखमा भरतपुर र पोखरासहितका महानगरसँगै, विभिन्न उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामासेमत आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको छ ।

उम्मेदवारी फिर्ताको समय आज साँझ पाँच बजे सकिने निर्वाचन आयोगको कार्यतालिका रहेको छ। साँझसम्म गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई फिर्ता गराउनका लागि छलफल भइरहेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित