Khabar Samachar

भरतपुरका बागी पछि नहट्ने, कारबाही गर्ने कांग्रेसको तयारी

201
VIEWS

 

चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालविरुद्ध बागी उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेल पछि नहट्ने भएका छन्। गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले आज बिहान पनि उम्मेदवारी फिर्ता गराउने प्रयासस्वरुप पौडेलका समर्थक कृष्णलाल सापकोटा लगायतका कांग्रेस नेताहरुसँग छलफल गरेका थिए ।तर सो छलफल टुंगोमा नपुगेको चितवन कांग्रेसका एक नेताले बताए । ‘उम्मेदवार मात्र होइन, प्रस्तावक र समर्थकले नै उम्मेदवारी फिर्ता लिन मान्नु भएन,’ ती नेताले भने ।

उनलाई चुनौती दिंदै कांग्रेसका जिल्लास्तरीय नेता जगन्नाथ पौडेलले पनि उम्मेदवारी दिएका छन् । उम्मेदवारी फिर्ताको अन्तिम दिन आज भएकाले सत्ता गठवन्धनलाई भरतपुरको संकट कसरी टार्ने भन्ने समस्या छ ।

उम्मेदवारी फिर्ताको पहलस्वरुप मन्त्री खाँण र राज्यमन्त्री श्रेष्ठले बिहीबार चितवन आएर पौडेलसँग छलफल गरेका थिए ।

पौडेलको निवासमै पुगेर उनीहरुले उम्मेदवारी फिर्ता लिन भने पनि पौडेलले मानेनन् ।

माओवादीलाई दोस्रो पटक पनि मेयर दिने भएपछि चितवन कांग्रेस कार्यकर्ता रिसाएका छन्। पौडेलले पनि तिनै असन्तुष्ट कार्यकर्ताको साथ लिएर बागी उम्मेदवारी दिएका थिए।

पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेदवारविरुद्ध दिएको ‘बागी’ उम्मेदवारी फिर्ता नलिने अडानमा रहेका पौडेलले शुक्रबार ५ बजेसम्म अडान कायम राखे पार्टीबाट निष्काशित हुने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित