Khabar Samachar

सर्वोच्चले भन्यो : गभर्नर निलम्वन पूर्वाग्रही र बदनियतपूर्ण

201
VIEWS

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्ने र निलम्बन गर्ने सरकारको कार्य प्रथम दृष्टिमै पूर्वाग्रही र बदनियतपूर्ण देखिएको बताएको छ।

सरकारले वस्तुपरक तथ्यमा आधारित भएर पदमुक्त प्रक्रिया सुरु गरी जाँचबुझ समिति गठन गर्नुपर्नेमा सोअनुसार जाँचबुझ गर्नुपर्ने पूर्वावस्था हालसम्म नदेखिएको पनि सर्वोच्च अदालतले ठहर गरेको छ।यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिदै सर्वोच्च अदालतले प्रारम्भिक स्पष्टिकरण नसोधिएको र सुनुवाइको मौका पनि नदिएको भन्दै उनीमाथिको कारवाहीलाई मुद्दाको अन्तिम टुंगो नलागुञ्जेलसम्म रोक लगाउने आदेश गरेको हो ।‘सिर्फ कानूनको दफामात्र उल्लेख गरी पदमुक्त गर्न आवश्यक भएको भनी जाँचबुझ समिति गठन गर्ने र निवेदकलाई निलम्बन गर्ने कार्य प्रथम दृष्टिमा नै पूर्वाग्रही, बदनियतपूर्ण रहेको देखिन आएकोले’ न्यायाधीशहरु सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासले गरेको आदेशमा भनिएको छ, ‘प्रस्तुत मुद्दाको अन्तिम निर्णय नभएसम्म २४ चैत २०७८ को निर्णय तथा अर्थ मन्त्रालयको २५ चैत २०७८ को निलम्बन गर्ने पत्र र त्यससँग सम्बन्धी पत्राचार कार्यान्वयन नगर्ने, नगराउनू ।’

पदमुक्त गर्ने प्रक्रिया सुरु गर्नासाथ आरोपित स्वतः निलम्बन हुने कानुनी प्रावधान रहेको अवस्था हुँदा जाँचबुझ गर्ने समिति गठन गर्नु अघि प्रारम्भिक रुपमा नै (नेपाल राष्ट्र बैंक ऐनको) दफा २२(१) को प्रावधान बमोजिम दफा २२(५) (ख) बमोजिमको पदमुक्त हुने अवस्था देखिन देखाउनुपर्नेमा सो आरोपसँग जोडिएको मुर्त तथ्य उजागर गरेर वस्तुपरक तथ्यमा आधारित भएर पदमुक्त गर्ने प्रक्रिया सुरु गरी जाँचबुझ समिति गठन गर्नुपर्नेमा सो अनुसार जाँचबुझ गर्नुपर्ने पूर्वाअवस्था हालसम्म नदेखिएको र निवेदकलाई लगाइएको आरोपका सम्बन्धमा प्रारम्भिक रुपमा कुनै प्रकारको सुनुवाइको मौका पनि दिइएको नदेखिएको। सिर्फ कानूनको दफामात्र उल्लेख गरी पदमुक्त गर्न आवश्यक भएको भनी जाँचबुझ समिति गठन गर्ने र निवेदकलाई निलम्बन गर्ने कार्य प्रथम दष्टिमा नै पूर्वाग्राही, बदनियतपूर्ण रहेको देखिन आएको…,’ न्यायाधीश मल्ल र मोक्तानको इजलासले जारी गरेको आदेशमा भनिएको  छ।

सरकारले जाँचबुझ समिति गठन गर्ने निर्णय गरेपछि स्वत: निलम्बनमा परेका गभर्नर अधिकारी सर्वोच्चका न्यायाधीश हरि फुयाँलको इजलासबाट जारी आदेशपछि काममा फर्किएका थिए।

संवेदनशील सूचनाहरु चुहाएको, सरकारलाई सहयोग नगरेको र सरकारको सल्लाहकारको भूमिका निभाउन नसकेको भन्दै सरकारले गभर्नर अधिकारीमाथि छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित