Khabar Samachar

काभ्रेको बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादेले नेकपा एमाले परित्याग

207
VIEWS

बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह वादेले नेकपा एमाले परित्याग गरेका छन् ।

वादे यस पटक पनि मेयरको उम्मेदवारको आकांक्षी थिए । तर एमालेले नगर इन्चार्ज रत्नकुश रञ्जितकारलाई उम्मेदवार बनाएको छ । शनिबार पत्रकार सम्मेलन गरेर मेयर वादेले आफ्नो परिवारले नै पार्टी परित्याग गरेको बताए । उनका अनुसार पार्टीमा परिवारका सदस्यसहित ४ जना संगठित सदस्य छन् ।बादे पुनः बनेपा नगरपालिकाको मेयरमा उठ्ने आकांक्षा राखेका थिए। तर, पार्टीले अर्कैलाई उम्मेदवार बनाएपछि असन्तुष्ट बादेले शनिबार पत्रकार सम्मेलन गर्दै पार्टी परित्यागको घोषणा गरेका छन्।

उनी ०७४ को निर्वाचनमा एमालेबाटै बनेपाको मेयरमा निर्वाचित भएका थिए। 

नेता गोकुल बाँस्कोटाको चर्को आलोचना गरेका उनले भने, ‘मैले बनेपाको एमाले करण गरेको थिएँ । अब यहाँ बसिरहनु आफ्नो सम्मानका लागि घात पर्छ भन्ने सोचेर म र मेरो परिवारका सदस्यहरु साधारण सदस्यबाट समेत राजीनामा दिएको जानकारी दिन चाहन्छु ।’

साथै, उनले बनेपाको मेयर पदबाट पनि राजीनामा गर्ने बताएका छन्। ‘आज र भोलि सार्वजनिक बिदा छ, म पर्सि कार्यालय खुलेपछि नियमानुसार राजीनामा दिन्छु,’ उनले नेपालखबरसँग भने। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित