नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको पदाधिकारी चयनका लागि आज मतदान हुँदैछ। त्यसैगरी नौजना उपमहासचिवका लागि ३६ जना र १२ सचिवका लागि ५३ जनाको उम्मेदवारी परेको छ। कोषाध्यक्ष पदका लागि पार्वता चौलागाईँ, शिव श्रेष्ठ, महेन्द्रबहादुर चन्द र फूलमाया रानामगरको उम्मेदवारी परेको छ।
शुक्रबार साँझ अखिल क्रान्तिकारीको केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको अन्तिम सूची प्रकाशन गरेको हो। जसअनुसार अध्यक्ष पदका लागि ६ जनाले उम्मेदवारी दिएकामध्ये पाँच जनाको उम्मेदवारी कायम भएको छ।
पम्फा भूसालनिकट विश्वमणि थापाले उम्मेदवारी फिर्ता लिएका छन्। उनले हेडक्वार्टरनिकट भनिएका उपमहासचिव शक्ति बस्नेतको समर्थन रहेका विजयप्रकाश सापकोटालाई समर्थन गर्ने भएका छन्।
‘छलफलबाट एउटै समूहबाट दुई पक्ष नलड्ने निर्क्यौल गरेर सल्लाहमै उहाँ ब्याक हुनुभएको हो,’ क्रान्तिकारीका एक नेताले सेतोपाटीसँग भने।
अब अध्यक्षमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठनिकट उपदेश यादव, उपाध्यक्ष कृष्णबहादुर महरानिकट योगेन्द्र बुढा, उपमहासचिव बस्नेत निकटका विजय सापकोटा, वर्षमान पुन निकटका सुदिन पौडेल र जनार्दन शर्मा निकटका हेमन्त राईले चुनाव लड्नेछन्।
महासचिवमा १० जनाले मनोनयन दर्ता गराएकामध्ये २ जनाले उम्मेदवारी फिर्ता लिँदा ८ जनाको कायम भएको छ। ८ महासचिवमा तिर्सना हमाल, पदमप्रसाद काफ्ले, प्रतिक कार्की, रोशन थापामगर, शिव बस्नेत, श्यामकुमार मिजार, सञ्जयकुमार महतो र सञ्जिव फुयाँल छन्।
Discussion about this post