Khabar Samachar

गौतमबुद्ध विमानस्थलमा बुद्ध एयरको जहाजको टायर पञ्चर

206
VIEWS

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाजको टायर पड्किएको छ। जसले गर्दा उडान र अवतरण रोकिएको छ। भैरहवाबाट काठमाडौं आउँदै गरेको बुद्ध एयरको जहाज धावन मार्गमा गुड्ने क्रममा टायर पड्किएको नेपाल नागरिक उड्डयन प्राधिकरण भैरहवा कार्यालय स्रोतले जानकारी दिएको छ ।

उडान गर्न लाग्दा जहाजको अगाडिको टायर पड्किएको हाे। जहाज र त्यसमा रहेका यात्रु भने सुरक्षित छन्।

उक्त विमानका लागि ७० जना यात्रुले टिकट लिएका थिए।  विमान रनवे मै रहेकाले यसलाई हटाउन लागिएको  छ।

बुद्ध एयरले भैरहवाबाट काठमाडौं उडान नं ८५६ को जहाज विमानस्थलमा रलिङ्ककाक क्रममा टायर फ्लायटका कारण रोकिएको बताएको छ ।

ती यात्रुलाई अर्को विमानबाट काठमाडौं ल्याउन लागिएको र धावनमार्गमा रोकिएको जहाजलाई टेक्निकल टिमले चेकजाँच गरिरहेको पनि बुद्ध एयरले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित