बहुप्रतीक्षित फिल्म ‘लाज शरणम’ सेन्सर पास भएको छ।
केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले यस फिल्मलाई आइतबार प्रदर्शनको अनुमति दिएको हो।
केही दिनअघि पूर्वमन्त्री एवं कांग्रेस नेता मोहम्मद अफताब आलमले आफूजस्तै देखिने चरित्र चित्रण गरेको भन्दै फिल्मविरुद्ध पाटन उच्च अदालतमा रिट दायर गरेका थिए। उनको रिटमा सुनुवाइ गर्दै अदालतले सेन्सरअघि फिल्मको प्रचारप्रसार नगर्न आदेश दिएको थियो।
Discussion about this post