Khabar Samachar

आईजीपी सिंह र अर्यालले लगाए दर्ज्यानी चिन्ह

200
VIEWS

नेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले दर्ज्यानी चिन्ह लगाएका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव टेकनरायण पाण्डेले नवनियुक्त आईजीपीहरुलाई फुली लगाएका हुन् ।

मन्त्रीपरिषद्ले आइतबार नेपाल प्रहरी प्रमुखमा सिंह र सशस्त्र प्रहरी बलको प्रमुखमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको थियो । सिंह २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका थिए । अर्याल  २०५४ चैतमा नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएर सशस्त्र प्रहरीमा प्रवेश गरेका हुन् । आईजीपीको रूपमा अर्यालको कार्यकाल ४ वर्षको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित