राहदानी विभागले विद्युतीय राहदानी (इ-पासपोर्ट) सार्वजनिक गरेको छ। शताब्दी पुरूष सत्यमोहन जोशीलाई पहिलो साधारण इ-पासपोर्ट दिइएको हो।
नेपालमा योसँगै तेस्रो पुस्ताको पासपोर्ट औपचारिक रूपमा प्रगोगमा आएको छ । उनले सरकारलाई सफलताको शुभकामना समेत दिए। यो राहदानीले नेपालीको पहिचान बोक्ने हुँदा निकै महत्व रहने उनले उल्लेख गरे।

परराष्ट्र मन्त्री नारायण खड्काले जोशीलाई पहिलो विद्युतीय राहदानी हस्तान्तरण गर्न पाउनु निकै गौरवको विषय भएको बताए।

आफूले हस्तलिखित पासपोर्ट बोक्नु पर्दाको झन्झटिलो अवस्थाको स्मरण गर्दै उनले विद्युतीय पासपोर्टले निकै सहज हुने जिकिर गरे।

‘पूरै अनलाइनबाट काम हुन्छ। जसले सेवाग्राहीलाई झन्झटिलो हुँदैन। विदेश यात्रामा पनि अन्य देशका नागरिकसरह नेपालीलाई व्यवहार गरिन्छ’, उनले भने।

अन्तर्राष्ट्रिय जगतमा नेपालको छविलाई उँचो बनाउन पनि यसले महत्वपूर्ण भूमिका खेल्ने उनले उल्लेख गरे।

केही समस्या भए तुरून्त जानकारी गराउनसमेत मन्त्री खड्काले आग्रह गरे।

राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले हस्तलिखित पासपोर्टबाट एमआरपी हुँदै विद्युतीय पासपोर्टसम्म पुग्नु आम नेपालीका लागि खुसीको कुरा भएको बताए।यसअघि हस्तलिखित, एमआरपी राहदानी प्रचलनमा थियो । ई-पासपोर्टका लागि सर्वसाधारणले भने केही साता प्रतीक्षा गर्नुपर्ने भएको छ ।सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई विस्थापित गर्ने गरी ल्याएको ई पासपोर्ट बनाउन बुधबारदेखि नै अनलाइन बुकिङको व्यवस्था गरेको राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिए ।बुधबार विभागमा आयोजित एक कार्यक्रमका बीच परराष्ट्र मन्त्री नारायण खड्काले जोशीलाई साधारण पासपोर्ट हस्तान्तरण गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय