Khabar Samachar

केन्द्रको हस्तक्षेपपछि पालुङटार कांग्रेसका सबै उम्मेदवारले बुझाए राजीनामा

213
VIEWS

नेपाली कांग्रेस केन्द्रले निर्देशन दिएको विरोधमा गोरखाको पालुङटारमा कांग्रेसका सबै उम्मेदवारले राजीनामा बुझाएका छन्। जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारलाई मेयर छाडेर उपमेयर लिई स्थानीय चुनावमा जान नेपाली कांग्रेस केन्द्रले निर्देशन दिएको थियो ।

गोरखामा पाँचदलीय गठबन्धनबीच मित्रवत प्रतिस्पर्धाको सहमति भए पनि केन्द्रबाट जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई दबाब दिएर चुनावी तालमेल गर्नुपर्ने अडान राखेका थिए।

केन्द्रकै दबाबपछि कांग्रेसबाट पालुङटार मेयर उम्मेदवार रहेका दिपकबाबु कँडेलले वक्तव्यमार्फत् आफू पार्टी केन्द्रले गरेको निर्णय मान्न तयार रहेको विज्ञप्ति आइतबार निकालेका थिए।

पालुङटारमा जसपाले कांग्रेससँग तालमेल गर्न भन्दै यसअघि उपमेयर उम्मेदवारलाई फिर्ता गरेको थियो। मेयर आफूलाई राखेर जसपाले उपमेयर कांग्रेसलाई दिने गरी चुनावी तालमेल गर्न लागेको छ।

जसपाबाट मेयरमा प्रेम गुरूङ उम्मेदवार छन्। कांग्रेसबाट मेयरमा कँडेल र उपमेयरमा चेतकुमारी श्रेष्ठले उम्मेदवारी दिएका थिए।

साथै कांग्रेसबाट उम्मेदवारी दिएका ५२ जनाले आइतबार नै चुनावी तालमेलको विरोध गर्दै पार्टी नगर कार्यसमितिमा राजीनामा बुझाएका छन्। अरू कुनै पार्टीका उम्मेदवारलाई मेयर मानेर चुनावमा जाने हो भने आफूहरूले उम्मेदवारी छाड्ने चेतावनी उनीहरूको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित