Khabar Samachar

Search
Close this search box.

त्रिभुवन विमानस्थलमा मिक्सरमा लुकाएर ल्याएको १०० ग्राम सुनसहित युवक पक्राउ

204
VIEWS

त्रिभुवन विमानस्थलबाट मिक्सरमा लुकाएर ल्याएको १०० ग्राम सुनसहित युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मंगलबार बिहान करिब ७ बजे कुवेतबाट जजिरा एअरमार्फत काठमाडौं आएका एक यात्रुबाट सुन बरामद गरेको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए।

बिहान ७ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनले मिक्सरको भित्री भागमा फल्स बटम बनाएर १०० ग्राम सुन ल्याएका थिए । लुकाएर ल्याइएको सुनलाई बाहिरबाट कालो टेपले बेरिएको थियो । चेकजाँच गर्ने क्रममा सुन भेटिएपछि नियन्त्रणमा लिइएको भन्सार कार्यालयले जनाएको छ ।

भन्सार ऐन २०६४ र आर्थिक ऐन २०७८ अनुसार विदेशबाट नेपाल आउने नेपाली यात्रुले अधिकतम १०० ग्रामसम्म काँचो सुन लिएर आउन पाउँछन तर उनीहरूले भन्सार कार्यालयमा घोषणा गरी राजस्व तिर्नुपर्छ ।

ऐनको व्यवस्था अनुसार १०० ग्राम सुनको एक लाख ५६५ रुपैयाँ राजस्व तिर्नु पर्ने  भए पनि ती युवकले राजस्व छल्नकै लागि लुकाएर सुन ल्याएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित