Khabar Samachar

Search
Close this search box.

त्रिविका उपकुलपतिको राजीनामा स्वीकृत

201
VIEWS

प्रधानमन्त्रीसमेत रहेका त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले उपकुलपति प्रा.डा. केशरजंग बरालले पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन्।

उपकुलपति बरालले स्वास्थ्यको कारण देखाउँदै केही दिनअघि राजीनामा दिएका थिए।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार बिहीबार प्रधानमन्त्री ओलीले उपकुलपतिको राजीनामा स्वीकृत गरेका हुन्।

पोखराका बराल २०८० फागुन १० गते त्रिवि उपकुलपतिमा नियुक्त भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित