Khabar Samachar

Search
Close this search box.

अष्टलक्ष्मीको प्रश्न– सक्षम, इमान्दार र असल भएकैले विद्या भट्टराईले राजीनामा दिनुपरेको हो?

201
VIEWS

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकोबारे प्रश्न उठाएकी छिन्।समाजिक संजाल फेसबुकमार्फत मंगलबार टिप्पणी गर्दै उनले असल, इमान्दार र नैतिकवान भएकैले राजीनामा दिनुपरेको हो भन्दै प्रश्न समेत गरेकी छिन्।

‘शिक्षक आन्दोलन चलिराखेको बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा किन दिनुपर्‍यो?’, शाक्यको प्रश्न छ, ‘विद्या भट्टराई सक्षम इमान्दार नैतिकता उच्च भएको एउटा असल नेता भएको कारणले राजिनामा दिनुपरेको हो? उहाँलाई सहयोग किन भएन?’

भट्टराईको राजीनामाले उनको नैतिक धरातल कमजोर होइन अझ उच्च बनाएको शाक्यको बुझाइ छ।

‘विद्या! तपाईंको इमान र नैतिकता सबैको लागि सधैँ प्रेरणा बनोस्,’ शाक्यले सामाजिक सञ्जालमा भनेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित