Khabar Samachar

Search
Close this search box.

निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग शिक्षकहरूको झडप

202
VIEWS

आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँबानेश्वरमा झडप भएको छ । बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।

शिक्षकहरूले प्रहरी घेरा तोड्न खोजेका थिए भने ढुंगा हानेका थिए। प्रहरीले निषेधित क्षेत्र तोड्न खोज्ने शिक्षकहरूलाई रोकेको छ भने पानीको फोहरासमेत हानेको छ।

विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलनमा छन्। विद्यालय शिक्षा विधेयक भने प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा छलफलकै क्रममा छ। समितिले विवादित विषयमा सहमति जुटाउन उपसमिति बनाएर छलफल गरिरहेको छ।

माइतीघर हुँदै बानेश्वरतर्फ अघि बढेको शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रोक्न खोजेको थियो।

शिक्षकहरू ब्यारिकेड तोडेर अघि बढ्न खोजेपछि प्रहरीले पानीको फोहरा हानेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

प्रहरीमाथि शिक्षकहरूले ढुंगामुढासमेत गरेका छन्। प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। ‘ब्यारिकेड तोड्न खोजेपछि केहीबेर झडप भएको हो,’ एसपी बोहराले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित