Khabar Samachar

नेकपा एकीकृत समाजवादीको गाउँ कमिटी एमालेमा प्रवेश

207
VIEWS

दैलेखको ठाटीकाँध गाउँपालिकामा नेकपा एकीकृत समाजवादीको गाउँ कमिटी नै एमालेमा प्रवेश गरेको छ । सत्तारुढ गठबन्धनमा स्थानीय तहको निर्वाचनमा उम्मेदवारी सम्बन्धी भागवण्डा नमिलेपछि नेकपा एकीकृत समाजवादीको गाउँ कमिटी एमालेमा प्रवेश गरेको हो ।

प्रदेशस्तरीय गठबन्धनको निर्णय अनुसार ठाटीकाँध गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र, उपाध्यक्षमा काँग्रेस र वडाहरूमा नेकपा एकीकृत समाजवादीलाई समेत भाग मिलाएको थियो । तर काँग्रेस र माओवादी केन्द्र एक्लाएक्लै चुनावी मैदानमा होमिएपछि नेकपा एकीकृत समाजवादीको गाउँ कमिटी एमालेमा सामेल भएको हो ।

नेकपा एकीकृत समाजवादीका तर्फबाट बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘ठाटीकाँध गाउँपालिकाको समृद्धि, उन्नति, प्रगति र नमूना गाउँपालिका निर्माणका लागि तथा भावी पुस्ताको सुन्दर भविष्यका लागि पार्टी एकताको विकल्प छैन ।’

स्थानीय तह निर्वाचन अन्तर्गत समाजवादी पार्टीबाट उम्मेदवारी दिएका उम्मेदवारहरूको उम्मेदवारी निस्किृय रहने र नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारलाई विजयी गराउने गरी नेकपा एकीकृत समाजवादी पार्टीको ठाटीकाँध गाउँपालिका कमिटी एमालेको नगर कमिटीमा एकतासहित समाहित भएको विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित