Khabar Samachar

गभर्नरले भने- कर्जाकाे ब्याजदर फेरि बढ्न सक्छ

207
VIEWS

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्त क्षेत्रमा थप त्रास उत्पन्न हुने गरी अभिव्यक्ति दिएका छन् । बुधबार चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालको लेखापाल सम्मेलनलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले बैंकिङ ब्याजदर अझै बढ्न सक्ने अभिव्यक्ति दिएका हुन् ।

अहिलेको परिस्थितिले नै ब्याजदर अहिलेको भन्दा माथि जानु पर्ने अवस्था आएको उनले बताएका छन् । उनले भने, ‘अहिलेको परिस्थितिले ब्याजदर वृद्धि गर्नु पर्ने अवस्था आएको छ । बैंकको ब्याज वृद्धि हुँदा अन्य क्षेत्रमा पनि प्रभाव पर्छ, त्यसको लागि निजी क्षेत्र तयार रहनुपर्ने अवस्था आएको छ ।’

आयातमा प्रतिबन्ध र एलसीमा नगद मार्जिन व्यवस्था तत्कालका लागि मात्रै रहेको उनले बताए । अन्य देशले समेत मूल्य वृद्धि रोक्नका लागि नीतिगत ब्याज बढाउन सुरु गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित