Khabar Samachar

कांग्रेसको प्रतिद्वन्द्विता एमालेसँग हो, माओवादीसँग होइन : रामचन्द्र पौडेल

213
VIEWS

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेसँग कांग्रेसको प्रतिस्पर्धा भएपनि नेकपा माओवादीसँग नरहेको बताएका छन् । भरतपुरमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले एमालेसँग प्रतिस्पर्धा र माओवादी सहकार्य गर्नुपर्ने बताए ।चितवनको भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई अस्थिरतातिर लैजान खोजेकाले गठबन्धन गर्नु परेको बताए ।

ओली निमित्त नायक बनेको भन्दै उनले भन्दै उनले भने, ‘कांग्रेसको प्रतिस्पर्धा केपी ओली प्रवृत्तिको एमाले पार्टीसित छ । केपी ओली केपी ओली हाम्रो प्रतिस्पर्धी हो, प्रचण्ड होइन म हाम्रा चितवनका साथीहरुलाई भन्न चाहन्छ ।’

कुनै एउटा दलको बहुमत नआउने र गठबन्धन सरकार बनाउनुपर्ने भन्दै उनले माओवादी केन्द्रसँग सहकार्य गर्नु परिस्थितिको उपज भएको बताए । पौडेलले अघि भने, ‘भोलि मिलेर सरकार बनाउनु छ भने स्थानीय चुनाव किन नमिल्ने ?’

‘भोलि मिलेरै सरकार बनाउनुछ भने आज मिलेरै स्थानीय सरकार किन नबनाउने ? सहकार्यको अभ्यास गर्नु नै आजको आवश्यकता हो’, पौडेलले भने ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले जनमतको बलमा संविधान र लोकतन्त्रमाथि धावा बोलेकोले गठबन्धन निर्माण भएको पौडेलले बताए । चितवनमा स्वतन्त्र उम्मेदवारी दिने कांग्रेस नेताहरुले तर्कले भन्दा भावावेशले निर्णय गरेको पौडेलको भनाइ छ ।

‘मैले उहाँहरूसँग आज भेटेर अलि बसेर कुरा गरौ भने तर उहाँहरूले अलिकति धैर्य राख्न सक्नुभएन । उहाँहरू अलि चाडै जान खोज्नुभयो । उहाँहरू तर्कभन्दा भावावेश र उत्तेजनामा अगाडि बढ्नुभएको छ’, पौडेलले भने ।बिहीबार मात्र आफूले बागी उम्मेदवार जगन्नाथ पौडेल लगायतका नेताहरुलाई भेटेको उनले सुनाए । आफूले लामो छलफल गर्न चाहे पनि नेताहरुले हतार गरेको भन्दै उनले भने, उहाँहरुले धर्यता राख्न सक्नु भएन । चाँडै उठेर जान खोज्नुभयो । भावावेश र उत्तेजनामा असन्तुष्टि व्यक्त गरे जस्तो लाग्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित