Khabar Samachar

Search
Close this search box.

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक र नगरसभा गर्न तयारी

206
VIEWS

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह कार्यपालिका बैठक र नगरसभा बोलाउन तयार भएका छन्।

काठमाडौं प्लाजास्थित मेयर कार्यालयमा उपमेयर सुनिता डंगोल र तीन जना वडाध्यक्ष सहितको छलफलमा मेयर बालेन शाहले कार्यपालिका बैठक बोलाउन सहमति जनाएका हुन्।

छलफलमा वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धर, वडा-३२ का अध्यक्ष नवराज पराजुली र वडा-१५ का अध्यक्ष ईश्वरमान डंगोल सहभागी थिए।

‘मेयर साब चाँडै कार्यपालिका बैठक र नगरसभा डाक्न सहमत हुनुभएको छ,’ मानन्धरले भने, ‘अब चाँडै बैठक बस्छ।’

पछिल्लो समय पुसदेखि कार्यपालिका बस्न सकेको थिएन। यसले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटसमेत अन्योलमा परेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित