Skip to main content

Khabar Samachar

Search
Close this search box.

गठबन्धनका उम्मेदवारलाई असहयोग गर्नेलाई कांग्रेसले तत्काल निलम्बन गर्ने

210
VIEWS

नेपाली कांग्रेसले स्थानीय तहका उम्मेदवारलाई असहयोग गर्नेलाई तत्कालै निलम्बन गर्ने भएको छ।

पार्टीका आधिकारिक उम्मेदवार तथा गठबन्धन भएका क्षेत्रमा गठबन्धनका उम्मेदवारबाहेक अन्य पार्टीका उम्मेदवारलाई सहयोग गर्ने वा प्रचारप्रसार गरेको पाइएमा पनि सदस्यता निलम्बन गर्न कांग्रेस केन्द्रीय कार्यालयले निर्देशन दिएको छ।

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार जारी गरेको विज्ञप्तिमा पार्टीका उम्मेदवार र पार्टीले तालमेल गरेका उम्मेदवारलाई सहयोग गर्न आग्रह गरिएको छ।पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारका पक्षमा सक्रिय भई क्रियाशील रहन कांग्रेसले सबैलाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित