Khabar Samachar

मतपत्रमा सिसाकलमले हस्ताक्षर गर्न नपाइने

202
VIEWS

स्थानीय तह निर्वाचनमा मतदान अधिकृतले सिसाकलम प्रयोग गर्न नपाइने भएको छ।आयोगले सिसाकलम बाहेक अन्य कलमबाट मतपत्रमा हस्ताक्षर गर्ने व्यवस्था मिलाउन सबै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ।

सिसाकलमले मतपत्रमा हस्ताक्षर गर्न नमिल्ने आयोगले जनाएको छ। सिसाकलमले हस्ताक्षर गर्दा छिट्टै मेटिन सक्ने खतरा रहने भएकोले डटपेनलगायत कलमले सही गर्न भनिएको छ।

आयोगका अनुसार मतपत्रमा कालो, रातो, नीलो वा हरियोमध्ये कुनै पनि मसी भएको कलम–डटपेनले सही गराउन सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित