काठमाडौं, काठमाडौं महानगरपालिका-७ चावहिलस्थित खोटाङ हलेसी गेष्ठ हाउसबाट १ थान सुनौलो रंगको कछुवा सहित काठमाडौं शंखरापुर साखु बस्ने कीर्तिपुर नगरपालिका-८ घर भएका २३ वर्षीय आशिष थापा घर्तीलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं चावहिल एरियामा दुर्लभ वन्यजन्तु खैरो रंगको कछुवा अबैध रुपमा बिक्री तथा ओसारपसार गरी ल्याई नगद २० लाख रुपैयाँमा कारोबार हुँदै छ भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा घर्तीको साथमा रहेको झोलाबाट उक्त कछुवा फेला पारी उनलाई पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीको लागि जिल्ला बन कार्यालय हात्तिसार काठमाडौं पठाइएको छ ।
Discussion about this post