Khabar Samachar

कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको फरार अभियुक्त तीन वर्ष पछि तिनकुने गैरीगाँउमा पक्राउ

206
VIEWS

काठमाणडौ का.म.न.पा. वडा नं. ३२ तिनकुने गैरीगाँउ स्थित पेट्रोल पम्प नजिक महेश परियार , मनिष बाँनिया र “मुण्डा” भन्ने सरोज सुन्दास समेतले धारिलो हतियार चक्कु प्रहार गरी बिक्कि थेबे लिम्बुलाई कर्तव्य गरी मारेको र अनिल श्रेष्ठलाई गम्भिर घाईते बनाई उक्त वारदात पश्चात महेश परियार र मनिष बाँनियालाई सोही दिन साँझ १८:३० बजेको समयमा काठमाण्डौ तारकेश्वर न.पा. वडा नं.१ साङ्ला विहानी चोक बाट नियन्त्रणमा लिईएको र सम्मानित जिल्ला अदालत काठमाण्डौको फैसलाले जन्म कैद सजाय भई हाल केन्द्रिय कारगारमा जेल भुक्तान गरिरहेको तथा फरार रहेका प्रतिवादी सरोज सुन्दासको हकमा मुलतवीमा राखिएकोमा निज प्रतिबादी ३ वर्ष भारत बसी विगत २/३ महिना देखि का.जि. नैकापमा लुकिछिपि बसिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा यस काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटि गएको विशेष प्रहरी टोलीले का.जि. नैकाप बाट मिति २०७९।०१।२१ गते अ. दिउँसो १५:०० बजे पक्राउ गरी आवश्यक कारबाहिको लागि प्रहरी बृत बानेश्वर, काठमाण्डौ पठाईएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित